स्वास्थ्य डायरी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षाजन्य विपद्पछि महामारी फैलिन सक्ने भन्दै स्वास्थ्य शिविर र सचेतना अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मन्त्रालयले आवश्यक सचेतनासहित शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । “विपद्पश्चात फैलिनसक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य र उपयुक्त स्थानमा जनचेतना, स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गर्ने,” समितिको निर्णयमा भनिएको छ, “देशका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण क्षति भएका सडक, सार्वजनिक भवन, खानेपानी, विद्युत्, विद्यालय, स्वस्थ्य संस्थाहरूको पुनर्निर्माण कार्य सम्बन्धित मन्त्रालयले अघि बढाउने ।” समितिले क्षतिको एकीन गर्न टास्कफोर्स बनाउने र टास्कफोर्सले १५ दिनभित्र क्षतिको विवरण…

विस्तृतमा...

चितवन- गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा २५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जानकारी दिए । सङ्क्रमितमध्ये १३० जना चितवनका रहेका छन्भने १२९ जना जिल्लाबाहिरका रहेका उनले बताए । गत आर्थिक वर्षमा ७६२ जनाको परीक्षणका क्रममा २४८ जनामा स्क्रब टाइफस देखिएको थियो । यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई…

विस्तृतमा...

चितवन- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु उपचारमा हालसम्म आइपुग्दा १० हजार दुई सय ५० शल्यक्रिया भएका हुन् । विश्व मुटु दिवसका अवसरमा अस्पतालद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुटु उपचारमा अस्पताल अग्रणी बनेको जानकारी दिइयो । अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीका अनुसार तीमध्ये पाँच हजार एक सय ७३ जनाको मुटुमा जाली हाल्ने, सात सय १८ जनामा मुटुमा ‘ब्याट्री’ राख्ने, तीन सय सात जनामा मुटुको भल्व खोल्ने, दुई हजार एक सय ९२ जनामा मुटुमा आउने नशाको र एक हजार…

विस्तृतमा...