

काठमाडौं- निजामती अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक रेडियोथेरापी लिनायक मेसिन सञ्चालनमा ल्याएको छ । मुख्यसचिव एकनारायण अर्यालले आइतबार एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरेका छन् ।
लिनायक मेसिन जडान भएसँगै क्यान्सरका बिरामीले केही राहत पाउने मुख्य सचिव अर्यालले बताए । उनले यो सेवालाई निरन्तर अगाडि बढाउन सुझाव समेत दिए ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधान निधि पौडेलले रेडियोथेरापी मेसिनबाट क्यान्सरका बिरामीलाई लाभ पुग्ने बताए। उनले पाँच वर्षदेखिको पर्यासपछि मेसिन जोड्न सफल भएको बताए । उनले क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउँदै थप मेसिन आवश्यक रहेको बताए ।
मेसिन जडान भएकाले क्यान्सरका बिरामीलाई विदेश जानुपर्ने वाध्यता केही हदसम्म रोकिने उनले बताए।
यो मेसिनले बिरामीलाई जहाँ क्यान्सर लागेको विकीकरण दिनुपर्ने हो त्यहीँ ठाउँमा रेडियोथेरापीमार्फत् विकिरण दिनेगर्छ ।



