काठमाडौं : सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ।

सर्वोच्चका न्यायाधिस हरिप्रसाद फुयालको एकल इजलासले यस्तो माग गरेको हो। साथै सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए।
Last Modified Date: २०८० मंसिर २९, शुक्रबार







