कैलाली । टीकापुरको एक अस्पतालको अप्रेसन थ्रेटर रुममा आगलागी भएको छ।
कैलालीको टीकापुर नगरपालिका–१ स्थित रहेको ओम कृष्ण अस्पतालको अप्रेसन थ्रेटर रुममा विद्युतको तार सर्ट भएर बिहिबार बेलुका आगलागी भएको हो। आगलागी हुँदा अन्दाजी १० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
Last Modified Date: २०८३ कार्तिक २१, शुक्रबार








