काठमाडौं, १७ कार्तिक । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका दुईजनालाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ । उनीहरुलाई प्रभु हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । घाइतेमध्ये एकजना पाइलट र यात्रुलाई मेडिसिटी ल्याइएको हो ।
फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

घाइतेको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा आवश्यक तयारी गरिएको छ।
Last Modified Date: २०८३ कार्तिक १८, मंगलवार








