काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माण गर्न आवश्यक प्रक्रिया अघि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो।

चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममार्फत केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाअन्तर्गतको नीति, योजना तथा बजेट शाखाले विभागलाई पत्र पठाउँदै प्रतिष्ठानको परिसरमा मिर्गौला उपचार केन्द्र निर्माणसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।
Last Modified Date: २०८३ कार्तिक १४, शुक्रबार








