चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा विजयचन्द्र आचार्य चयन भएका छन् । विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक भएका थिए ।
अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डा आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आचार्य सोही अस्पतालमा कार्यरत चिकित्सक हुन् । उनी अस्पतालको महिला क्यान्सर रोग विशेषज्ञ (गाइनो अङ्कोलोजिष्ट) छन् । विसं २०५८ माघ १४ गते मेडिकल अधिकृतका रुपमा आचार्यले अस्पतालमा काम सुरु गरेका थिए ।
गत वैशाखमा अध्यादेशमार्फत अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल पदबाट हटेपछि निमित्तका रुपमा डा उमेश नेपालले अस्पतालमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
Last Modified Date: २०८३ आश्विन २६, सोमबार








