काठमाडौं, २३ असोज। अमेरिकामा सन् २०२६ मा पुष्टि भएका दादुराका संक्रमितको संख्या चार हजार नाघेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी०को तथ्यांक उद्धृत गर्दै रोयटर्सले अक्टोबर ८ सम्म कुल ४ हजार ८० जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
अघिल्लो साताको तुलनामा पुष्टि भएका संक्रमितको संख्या १९३ ले बढेको हो। यो तथ्यांक वर्षभरि पुष्टि भएका संक्रमणको सञ्चित संख्या हो।
सीडीसीको अक्टोबर १ सम्मको विवरणमा ३ हजार ८८७ संक्रमित उल्लेख थिए। त्यसबेला पुष्टि भएका संक्रमणमध्ये ९५ प्रतिशत विभिन्न प्रकोपसँग सम्बन्धित थिए। सीडीसीले सन् २०२५ र २०२६ का तथ्यांक प्रारम्भिक भएकाले पछि परिवर्तन हुन सक्ने जनाएको छ।
Last Modified Date: २०८३ आश्विन २३, शुक्रबार







