

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका देशभरका विभिन्न स्वास्थ्य संस्थाले पेस गरेका दाबीबापत उक्त रकम भुक्तानी गरिएको हो ।
जेठ महिनाको भुक्तानी विवरणमा देशभरका ३८१ वटा स्वास्थ्य संस्था समावेश छन् । सूचीमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत स्वास्थ्य संस्था रहेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई प्रदान गरिएको स्वास्थ्य सेवाको दाबी प्रक्रिया पूरा भएपछि सम्बन्धित स्वास्थ्य संस्थालाई सेवा रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ ।



