

काठमाडौं – नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको ७औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ। टोखा नगर उपसमितिको आयोजनामा सामाखुशीस्थित स्काई ब्याङ्क्वेटमा कार्यक्रम भएको हो।

कार्यक्रममा संघका अग्रज, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ‘असल फार्मेसी अभ्यास’ का साथै संघको सातवर्षे यात्रा, संस्थागत विकास र आगामी कार्यदिशाबारे चर्चा गरिएको थियो।
महासचिव शुभ मान श्रेष्ठ ‘सुमन’ ले संस्था सबै सदस्यको साझा भएकाले एकता, व्यवसायिक मर्यादा र जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए।










