

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा साउन ७ गते (बिहीबार) नियमित दिवा सेवामा आंशिक परिवर्तन गरेको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै उक्त दिन इमर्जेन्सी सेवाबाहेक अस्पतालबाट प्रदान गरिने सम्पूर्ण नियमित दिवा सेवाहरू आधा दिनका लागि बन्द रहने जनाएको हो। अस्पताल बिहानको समयमा मात्रै सञ्चालन हुने र नियमित सेवाहरू प्रभावित हुने सूचनामा उल्लेख छ।
अस्पतालले सेवाग्राहीलाई सेवा लिन आउनुअघि यसबारे जानकारी राखी आफ्नो समय व्यवस्थापन गर्न अनुरोध गरेको छ।
यद्यपि, आकस्मिक (इमर्जेन्सी) सेवा भने नियमित रूपमा सञ्चालन हुने अस्पतालले स्पष्ट पारेको छ। साथै, अस्पतालको इएचएस सेवा दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने अस्पताल प्रशासन प्रमुख भोजराज भट्टद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।



