

काठमाडौं- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र हस्तान्तरण गरे।
यसअघि आयोगको उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए।


