

काठमाडौं- सरकारले देशका तीन प्रमुख स्वास्थ्य शिक्षण प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाइने बताएका हुन्।
उनका अनुसार ती प्रतिष्ठानहरूलाई उच्चस्तरीय चिकित्सा शिक्षा केन्द्रका रूपमा विकास गरी विदेशी विद्यार्थीलाई समेत अध्ययन गर्न सक्ने वातावरण तयार गरिनेछ।
सरकारले यी संस्थाहरूलाई अनुसन्धान, उपचार तथा चिकित्सा शिक्षामा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरको केन्द्र बनाउने लक्ष्य लिएको छ।


