

जेनेभा- नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को उपाध्यक्षमा निर्वाचित भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आजदेखि सुरु भएको ७९औँ विश्व स्वास्थ्य महासभाले नेपालसहित पाँच देशलाई उपाध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।
जेनेभास्थित पाले डे नेसन्समा आयोजित उद्घाटन सत्रमा भएको निर्वाचनबाट नेपाल उपाध्यक्ष पदमा निर्वाचित भएको हो ।
उपाध्यक्षमा निर्वाचित अन्य देशहरूमा लिबिया, माली, पोल्याण्ड र पपुवा न्युगिनी रहेका छन् ।
नेपालको यो उपलब्धिलाई अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा देशको बढ्दो सक्रियता, नेतृत्वदायी भूमिका तथा विश्व स्वास्थ्यसम्बन्धी मुद्दामा पुर्याएको योगदानको मान्यता रूपमा हेरिएको छ ।


