

काठमाडौं– निजामती कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भई उपचाररत अन्तरङ्ग सेवाका बिरामीलाई शुक्रबारदेखि निःशुल्क खाना उपलब्ध गराउने भएको छ।
अस्पतालले सूचना जारी गर्दै २०८३ जेठ १ गतेदेखि उक्त व्यवस्था लागू गरिएको जनाएको हो।
अस्पतालका अनुसार भर्ना भएर उपचार गराइरहेका बिरामीलाई लक्षित गर्दै निःशुल्क भोजन सेवा सुरु गरिएको हो।



