

चितवन- नेपाल औषधि व्यवसायी संघको २१औं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । अधिवेशनबाट अध्यक्षमा इन्द्रराज गैरे चयन भएका छन् । त्यसैगरी निवर्तमान अध्यक्षमा विनोद तिमलसेना रहेका छन् ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मि लाल श्रेष्ठ, उपाध्यक्ष (थोक) मा तारानाथ अधिकारी तथा उपाध्यक्ष (खुद्रा) मा रूद्र प्रसाद सापकोटा निर्वाचित भएका छन् । यस्तै, महासचिवमा टेक प्रसाद सापकोटा (बासु), कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल तथा सह–कोषाध्यक्षमा राजेश पौडेल चयन भएका छन् ।
सदस्यहरूमा थोकतर्फ विज्ञान पौडेल र श्रीनिवास पौड्याल, खुद्रातर्फ हरी प्रसाद ढकाल र प्रेम थापा तथा खुल्ला सदस्यमा श्रीकृष्ण गौतम, धनमायाँ लुईटेल र शारदा ढकाल आचार्य निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले औषधि व्यवसायलाई थप व्यवस्थित, मर्यादित र सेवामुखी बनाउँदै व्यवसायीहरूको हकहित संरक्षणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



