

चितवन – नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको भरतपुर अस्पतालले सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरसफाइ फोकल अधिकृत तोकेको छ ।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार धन कुमार खड्कालाई सरसफाइ फोकल अधिकृतको जिम्मेवारी दिइएको हो। उनी अस्पतालमा सि.अ.हे.व. (सीनियर अहेव) अधिकृतका रूपमा कार्यरत छन् ।
अस्पताल प्रशासनका अनुसार सरसफाइ व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन फोकल अधिकृतको व्यवस्था गरिएको हो । यसले अस्पतालभित्रको स्वच्छता, फोहोर व्यवस्थापन तथा संक्रमण नियन्त्रणका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सरसफाइ फोकल अधिकृत खड्कासँग समन्वय गर्न अस्पतालले उनको सम्पर्क नम्बर ९८४५०५०८६१ र इमेल ठेगाना सार्वजनिक गरेको छ ।
अस्पतालले सेवाग्राही, कर्मचारी तथा सम्बन्धित पक्षलाई सरसफाइसम्बन्धी कुनै पनि विषयमा फोकल अधिकृतसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।



