

काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा टिम मंगलका उम्मेदवारहरूले केही पदमा जित हासिल गरेका छन्।
मतपरिणामअनुसार टिम मंगलबाट कर्णाली प्रदेश उपाध्यक्षमा डा. रविन खड्का र गण्डकी प्रदेश उपाध्यक्षमा डा. यज्ञराज सिग्देल विजयी भएका छन्।
त्यस्तै कार्यसमिति सदस्य पदमा टिम मंगलका तर्फबाट डा. अमित झा र डा. पल्पसा श्रेष्ठ निर्वाचित भएका छन्।
निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मबीच प्रतिस्पर्धा भएको थियो।



