
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले १९ जना चिकित्सकको दर्ता खारेज गरेको छ। काउन्सिलले आफ्नो आधिकारिक दर्ता किताबबाट नाम हटाउँदै उनीहरूको चिकित्सक दर्ता रद्द गरेको जनाएको हो।
काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ को व्यवस्था अनुरूप नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरूको दर्ता खारेज गरिएको हो।
काउन्सिलले उक्त निर्णय वैशाख १८ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ।




