

काठमाडौँ – नेपाल चिकित्सक संघको रोकिएको निर्वाचनका लागि नयाँ मिति तय गरिएको छ। संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले उपत्यका बाहिर र भित्र फरक–फरक मितिमा निर्वाचन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते निर्वाचन हुनेछ भने उपत्यका भित्र बैशाख १८ र १९ गते मतदान हुने तय गरिएको छ। यसअघि सार्वजनिक गरिएको संशोधित तालिकालाई पुनः परिमार्जन गर्दै नयाँ मिति निर्धारण गरिएको हो।
चिकित्सक संघको निर्वाचन यसअघि दुई पटक सारिएको थियो। प्रारम्भिक तालिकाअनुसार माघ २ र ३ गते उपत्यका बाहिर तथा माघ १०, ११ र १२ गते काठमाडौँ उपत्यकाभित्र निर्वाचन हुने भनिएको थियो। त्यसपछि पुनः संशोधन गर्दै चैत्र २८ र २९ गते उपत्यका बाहिर तथा २०८३ बैशाख १६, १७ र १८ गते उपत्यका भित्र निर्वाचन गर्ने तालिका बनाइएको थियो।


