

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आफ्नो ५ महिनाको कार्यकालमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छिन्। जेनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व सम्हालेपछि उनले सेवा प्रवाह सुधार र स्वास्थ्य प्रणाली सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको दाबी गरेकी छिन्।
मन्त्रालयले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतलाई विशेष प्राथमिकता दिएको छ। यसका लागि ‘घाइतेहरूको वर्गीकरण कार्यविधि २०८२’ लागू गरिएको छ, जसले उपचार व्यवस्थापनलाई व्यवस्थित बनाएको छ।
त्यसैगरी, मस्तिष्कघात (स्ट्रोक) को उपचारमा प्रयोग हुने महँगो इन्जेक्सन निःशुल्क उपलब्ध गराउने निर्णय पनि गरिएको छ। यसका लागि स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालहरूसँग सम्झौता गरेको छ, जसलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।


![स्वास्थ्य प्रणाली सुधारमा ५ महिना: मन्त्री शर्माका उपलब्धि के–के ? [पूर्णपाठ]](https://swasthyadiary.com/wp-content/uploads/2025/11/sudha-sharma-6-1024x681-1.jpg)