
काठमाडौँ- मनमोहन अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पतालभित्र केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
मृतकका आफन्तले उपचारमा लापरबाही भएका कारण घाइतेको ज्यान गएको आरोप लगाएका छन् । उनीहरूका अनुसार धादिङमा भएको सवारी दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई उपचारका लागि मनमोहन अस्पताल ल्याइएको थियो ।
घटनाबारे अस्पताल प्रशासन र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिँदै आवश्यक बुझबुझारथ सुरु गरेको जनाइएको छ । यस घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।



