
काठमाडौं – आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न कडा निर्देशन दिएको छ।
परिषद्ले जारी गरेको सूचनामा भनिएको छ कि आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान र प्रचार प्रसार नगर्न सबैलाई सचेत गराइएको छ। परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्था यस्तो कार्य गरे कारबाही हुने चेतावनीसमेत दिइएको छ।
यसैगरी आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ वा विशेषज्ञहरूको नाम जोडेर औषधि, उपचार वा चिकित्सा सेवा सम्बन्धि सामग्री सामाजिक सञ्जालमा प्रचार गरेर जनमानसमा भ्रम सिर्जना गर्न नहुने पनि परिषद्ले स्पष्ट पारेको छ। परिषद्का अनुसार यस्तो उल्लङ्घन प्रचलित ऐन र नियम अनुसार कानुनी कारबाहीको दायरामा पर्छ।
Last Modified Date: २०८२ माघ २, शुक्रबार




