काठमाडौँ – नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्। बिहीबार बुटवलमा सम्पन्न आठौं अधिवेशनबाट भट्ट अध्यक्षमा चयन भएका हुन्।
अध्यक्ष भट्ट कोरिया सियोलस्थित ह्यांगयांग विश्वविद्यालयबाट जनस्वास्थ्य नीतिमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या विज्ञानमा एमफिल अध्ययन पूरा गरिसकेका छन्।
भट्टको नेतृत्वमा नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। वरिष्ठ उपाध्यक्षमा विश्व बन्धु विनायी, उपाध्यक्षमा मीना श्रेष्ठ, बसन्त कुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्क बहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी चयन भएका छन्।
महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा दिलेन्द्र श्रेष्ठ, जगेन्द्र मण्डल, डबल बहादुर बिसी, निखिल पोखरेल र अनिल सेन ठकुरी निर्वाचित भएका छन्। सचिवमा चिरञ्जीवी पाण्डे, मदन पोखरेल, प्रतिभा सिंह र तारा बहादुर बस्नेत चयन भएका छन्। कोषाध्यक्षमा सुरेश दवाडी र सह-कोषाध्यक्षमा शेर बहादुर खत्री निर्वाचित भएका छन्।
नेपाल स्वास्थ्यकर्मी संघ नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरूको संगठन हो।







