काठमाडौँ- नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
संघको निर्वाचन समितिका अनुसार बुधबार दर्ता भएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिन पश्चात अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सह–कोषाध्यक्ष तथा सदस्य पदका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको हो।
निर्वाचन तालिकाअनुसार केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुनेछ। जसअन्तर्गत अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १/१ जना रहने गरी प्रादेशिक संयोजकसहित), महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ जना निर्वाचित हुनेछन्।




Last Modified Date: २०८२ पुष ३, बिहीबार







