काठमाडौं– नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई जना चिकित्सकको नयाँ नियुक्ति भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. प्रकाश बुढाथोकी र डा. इन्द्रकुमार झालाई काउन्सिल सदस्यमा नियुक्त गरेकी हुन्।
मन्त्रालयका अनुसार डा. बुढाथोकीलाई डेन्टल समूहबाट तथा डा. झालाई मेडिकल समूहबाट प्रतिनिधित्व हुने गरी नियुक्त गरिएको हो।
डा. इन्द्रकुमार झा हाल वीर अस्पतालमा कार्यरत छन् भने डा. प्रकाश बुढाथोकी स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता पनि हुन्।

काउन्सिलमा तीन जना सदस्य मन्त्रिस्तरीय निर्णयबाट नियुक्त गर्ने व्यवस्था रहेकाले अझ एक पद खाली नै रहेको मन्त्रालयले जनाएको छ।
Last Modified Date: २०८२ मंसिर ५, शुक्रबार








