
काठमाडौं- सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जानकारी दिइएको छ।
यसअघि सो पदमा कार्यरत डा. पुकारचन्द्र श्रेष्ठ अवकाश भएपछि पद रिक्त भएको थियो।
त्यस्तै, बैठकले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ।


