
काठमाडौं – फ्याटी लिभर रोग शरीरको महत्वपूर्ण अंग लिभरमा बोसो जम्दा हुने समस्या हो, जसले दीर्घकालीन असर पुर्याउन सक्छ। लिभरले खाना पचाउन, शरीरमा ऊर्जा प्रवाह गर्न र संक्रमण हटाउन मद्दत गर्छ। तर जब लिभर कमजोर हुन्छ, शरीरभरि असर पर्छ।
अहिले नन-अल्कोहोलिक फ्याटी लिभर रोग संसारभर तीव्र रुपमा फैलिएको छ। भारतकाे नेशनल इन्स्टिच्युट अफ हेल्थ का अनुसार यो समस्या विश्वभर ३० प्रतिशतभन्दा धेरै मानिसमा देखिएको छ। यसैले विशेषज्ञहरू जीवनशैली र आहारमा सुधार गर्न सुझाव दिन्छन्।
डा. सौरभ सेठीको सल्लाह
एम्स, हार्वर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयबाट प्रशिक्षण लिएका ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा लिभर विशेषज्ञ डा. सौरभ सेठीले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै फ्याटी लिभर भएका व्यक्तिका लागि लाभदायक हुने १० खाना उल्लेख गरेका छन्।
उनका अनुसार, यी खानेकुराले न केवल लिभरलाई स्वस्थ राख्न मद्दत गर्छन्, बरु तौल घटाउन पनि उपयोगी हुन्छन्।
यी हुन् फ्याटी लिभरका लागि फाइदाजनक १० खाना:
ब्ल्याक कफी
स्मूदी
हरियो चिया (ग्रीन टी)
जामुन
स्टोरबाट किनिएको फलफूलको जुस
चिया र तुलसीका बीउ
चुकन्दर
ताजा फलफूलको रस
एवोकाडो
पाकेको केरा
फ्याटी लिभर के हो ?
मेडलाइनप्लसका अनुसार, जब लिभरमा अत्यधिक बोसो जम्मा हुन्छ, त्यो अवस्था फ्याटी लिभर रोग मानिन्छ। यो दुई प्रकारको हुन्छ, नन-अल्कोहोलिक र अल्कोहोलिक। अल्कोहोलिक प्रकारलाई “अल्कोहोलिक स्टियाटोहेपाटाइटिस” पनि भनिन्छ।
विशेषज्ञहरूका अनुसार, नन-अल्कोहोलिक फ्याटी लिभर रोग विशेष गरी टाइप २ मधुमेह र प्री-डायबेटिक अवस्थाका व्यक्तिहरूमा देखिन्छ। यसको खास कारण अझै पत्ता लागेको छैन।
यदि तपाईं फ्याटी लिभरको समस्या झेलिरहनुभएको छ भने, यी १० खानेकुरा आफ्नो नियमित आहारमा समावेश गर्न सकिन्छ। साथै, नियमित व्यायाम, तौल नियन्त्रण र स्वस्थ जीवनशैली अपनाउनु पनि उत्तिकै महत्वपूर्ण छ।


