

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका छन्।
असार १४ गते ज्वरोको लक्षण देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालमा भर्ना गरिएको हो। अस्पतालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको उपचार निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले गरिरहेको जानकारी दिएको छ।
विज्ञप्तिअनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था हाल क्रमिक रूपमा सुधार भइरहेको छ।


