

काठमाडौँ — नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य सर्वसम्मत निर्वाचित भएका छन्। संघको आठौं अधिवेशन तथा वार्षिक साधारणसभाबाट तीन वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि आचार्य महासचिव पदमा कार्यरत थिए।
संघको नेतृत्व यसअघि अञ्जन पुडासैनीले गरेका थिए। नयाँ कार्यसमितिका उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन्। मधु पौडेल महासचिव, सुरेश पडवारी सचिव र सन्दीप खनाल कोषाध्यक्ष बनेका छन्।
कार्यसमिति सदस्यहरूमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, डा. आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा. अब्बुल हुसेन अन्सारी रहेका छन्। थप एक सदस्य अध्यक्षले मनोनयन गर्नेछन्।


