जुम्ला- पूर्वयुवराज्ञी हिमानी शाह जुम्लाको गुठिचौर गाउँपालिका पुगिन् । त्यहाँ उनले हिमानी ट्रष्टद्वारा निर्माण हुन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिन्। उनी आफ्ना छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी हुन्।
जुम्ला विमानस्थलमा स्थानीयवासीले हिमानी शाहलाई भव्य स्वागत गरेका थिए। सामाजिक उत्तरदायित्वअन्तर्गत हिमानी ट्रष्टले निर्माण गर्न लागेको यो सेवा केन्द्रले मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

स्थानीयबासीले यस पहललाई मातृ र शिशु स्वास्थ्य सुधारतर्फको महत्वपूर्ण र भावनात्मक कदमका रूपमा स्वागत गरेका छन्। गुठिचौरको मनिसाङ्घमा निर्माण हुने केन्द्रबाट दुर्गम क्षेत्रका आमाहरूलाई सहज र सुरक्षित सुत्केरी सेवा उपलब्ध गराउने लक्ष्य ट्रष्टले लिएको छ।
Last Modified Date: २०८२ जेष्ठ २५, आईतवार








