काठमाडौं- नेपालमा विभिन्न परिषद्हरूमा दर्ता भएका स्वास्थ्यकर्मीहरूको संख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, र नेपाल फार्मेसी परिषद् लगायतका निकायहरूमा यति संख्यामा स्वास्थ्यकर्मी दर्ता भएको जानकारी दिएका हुन्।

सर्वेक्षण अनुसार, २०८१ सालको फागुन मसान्तसम्म नेपाल मेडिकल काउन्सिलमा ३२ हजार २ सय ४७ जना मेडिकल चिकित्सक, ५ हजार ३ सय ४७ जना दन्त चिकित्सक, ११ हजार ६ सय १६ जना विशेषज्ञ चिकित्सक र ३ सय ९५ जना विदेशी चिकित्सक दर्ता भएका छन्।
त्यसैगरी नेपाल नर्सिङ काउन्सिलमा १ हजार ६ सय ९५ जना विशेषज्ञ नर्स, ८५ हजार ७ सय ७८ जना नर्स, ३७ हजार ५ सय २८ जना अनमी, ९१ जना मिडवाइफ र ८ सय ५५ जना विदेशी नर्स दर्ता भएका छन्। यसैअनुसार कुल १ लाख २५ हजार ९ सय ४७ जना नर्सिङ पेशाका व्यक्ति काउन्सिलमा सूचीकृत छन्।








