काठमाडौं- बालबालिकाको व्यवहार र मानसिक स्वास्थ्य विकासमा अभिभावक र शिक्षकको जिम्मेवारी महत्वपूर्ण हुन्छ। उनीहरूको राम्रो कार्यमा प्रोत्साहन र गलत कार्यमा सुधारका उपाय नअपनाउँदा बच्चाहरू गलत बाटोमा जान सक्ने खतरा हुन्छ।
विशेषज्ञहरूका अनुसार बालबालिकामा विभिन्न खालका मनोवैज्ञानिक समस्या देखिन सक्छन्। ती समस्या बुझ्न, पहिचान गर्न र सही समयमै उपचार गर्न आवश्यक हुन्छ।
सामान्यतया बालबालिकामा देखिने १५ किसिमका मनोवैज्ञानिक समस्या:
बढी रिसाउने बानी – पाँच/छ वर्षका बालबालिकामा यो सामान्य भए पनि दीर्घकालीन भएमा मनोवैज्ञानिक समस्या बन्न सक्छ।
निद्रामा गडबडी – राति ननिद्रिने, निद्रामा हिँड्ने वा डराउनेजस्ता समस्या।
खानपिनमा गडबडी – केवल गुलियो चाहने, माटो वा कागज जस्ता वस्तु खाने आदत (पिका डिसअर्डर)।
अत्यधिक डर – सामान्य डरभन्दा बढि भय मान्नु, जुन क्रमशः मनोवैज्ञानिक समस्या बन्न सक्छ।
डिप्रेसन – रिस, थकान, रोइरहने, पेट दुख्ने, धेरै सुत्नेजस्ता लक्षणहरू देखा पर्न सक्छन्।
स्कुल जान नमान्ने – पेट दुख्ने, बान्ता आउने आदि मनोवैज्ञानिक कारणले हुन सक्छ।
अनियमित पिसाब – ५ वर्षभन्दा बढी उमेर भइसकेपछि पनि पिसाब रोक्न नसक्नु।

दिसा छुट्ने समस्या – चार वर्षपछिसम्म दिसा छुट्ने समस्याको उपचार आवश्यक हुन्छ।
सामाजिक नियम उल्लंघन – झूट बोल्ने, कुटपिट गर्ने, चोरी गर्ने जस्ता व्यवहार।
बढी छुकछुक गर्ने – ध्यान केन्द्रित गर्न नसक्ने, खतरासँग खेल्ने।
सबैसँग नबोल्ने – केवल निश्चित व्यक्तिसँग मात्र बोल्ने (इलेक्टिभ म्युटिज्म)।
भकभकाएर बोल्ने – मनोवैज्ञानिक कारण वा डरका कारण यस्तो व्यवहार देखिन्छ।
छारे रोग – काम्ने, लड्ने, फिँज आउने, वा एकैछिन अचेतझैँ हुने लक्षणहरू।
हिस्टेरिया (कन्भर्सन डिसअर्डर) – हातखुट्टा चलाउन नसक्ने, बोल्न छाड्ने जस्ता लक्षण।
सुस्त मनस्थिति – उमेरअनुसार बौद्धिक विकास नहुनु, विशेष शिक्षाको आवश्यकता।
समाधान र उपचार
– समस्या पहिचान गर्न बाल विशेषज्ञ वा मानसिक स्वास्थ्य चिकित्सकको सल्लाह आवश्यक।
– काउन्सिलिङ, साइकोथेरापी र आवश्यक परे औषधिको प्रयोग गरिने।
– छारे रोगजस्ता अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने हुन सक्छ।
– अभिभावकले प्रोत्साहन र सहानुभूतिपूर्ण व्यवहार गर्नुपर्ने सुझाव।








