
हामीलाई असन्चो हुँदा हामी खाली डाक्टरकोमा धाउँछौं । तर, हाम्रा भान्साकोठामा अनेकौं औषघिहरू छन्, जस्तै करेला, गाँजर, पालुंगो साग ।
माथि दिइएका साग सब्जीको जुस खानाले हामीलाई अत्यन्तै फाइदा हुन्छ । करेलाको जुसले हामीलाई जुका परेमा, जण्डिस रोग लागेमा र उच्च रक्तचापले सताएमा काम गर्दछ । यसैगरी गाँजरको जुसले हाम्रो आँखालाई फाइदा गर्दछ भने पालुंगोको जुसले हामीलाई इनर्जी दिन्छ । अझ लौकाको जुसमा त फाइदै फाइदा छन् ।
करेलाको जुसका फाइदाः
१. जुका परेमा
तीन दिनसम्म १–१ चम्चा करेलाको रस विहान खाली पेटमा खाने गरेमा जुगा परेको नाश हुन्छ ।
२. जण्डिस(कमलपित्तमा)
एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर बिहान र बेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
३. उच्च रक्तचाप
उच्च रक्तचाप भएका बिरामीले बिहान तितेकरेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ ।
गाजरको जुस
१. आँखासम्बन्धि समस्यामा
आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।
पालुंगोको जुस
१. इनर्जीका लागि
हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।
लौकाको जुस
१. रक्तबिकार
रक्त विकारमा आधा गिलास लौकाको जुुसमा थोरै मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतको विकार कम हुदै जान्छ ।
२. दाँतको दुःखाई
दातको दुःखाईको समस्या भएमा १ सय ग्राम लौकाको गुदी र २५ ग्राम पिसेको लसुन १ लिटर पानीमा उमाल्ने । आधा नहुञ्जेल यसलाई उमालिरहने । त्यसपछि यसलाई जाली कपडाले छान्ने । छानेको पानीले कुल्ला गर्ने । दिनमा २–३ पटक यसो गर्नाले दाँतको दुःखाई कम हुन्छ ।
३. मुटुको रोग
मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०–२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।
४. पिलो
पिलो भएको व्यक्तिले दैनिक १५–३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २–३ पटक पिउनाले फाइदा गर्दछ ।
५. मुत्र नलीको जलन
मुत्रसम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउाछ र मुत्रनलीको दुःखाई हट्छ ।
६. अनिन्द्रा
लौकाको रसमा थोरै तिलको तेल मिलाउने । सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने । केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ ।
७.ज्वरो, पित्त र बाथ
ज्वरो आएको बेला २० मि.ली. लौकाको रसमा थोरै मिश्री मिलाएर सेवन गर्दा लाभ हुन्छ । यसले बाथ, पित्तको समस्यामा पनि लाभ पुग्छ ।
८. गर्भाशय सम्बन्धि समस्या
गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ। पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।



