

काठमाडौं – लगातार परेको अविरल वर्षाका कारण काठमाडौँको मेडिसिटी अस्पताल डुबानमा परेको छ । निरन्तरको झरीका कारण नख्खु खोलामा पानीको बहाव उच्च हुँदा आएको बाढी अस्पताल पसेको हो ।
बाढीका कारण अस्पतालको भुँइतला पूर्ण रुपमा डुबानमा परेको छ । भुइतलामा रहेका कुर्सी, बेड, काउन्टर लगायतका संरचना डुबानमा परेका छन् ।
भुइतला पूर्ण रुपमा डुबेपछि अस्पतालले भुइतलाको अत्यावश्यक सेवा माथिल्लो तलामा सारेर सेवा दिइरहेको छ ।



