

काठमाडाैं- औषधि खानयोग्य हुनको लागि भण्डारण अति नै महत्त्वपूर्ण हुन्छ । नेपाल जस्तो स्रोतसाधन प्रयाप्त नभएको देशमा भण्डारण व्यवस्थापनले औषधिको गुणस्तरमा धेरै प्रभाव पार्दछ । त्यसकारण हामीले खाने औषधि कसरी भण्डारण गरिन्छ भनेर जान्नु आवश्यक छ ।
औषधि भण्डारण गर्ने तरिका मुख्यगरी तीन किसीमको हुन्छ । पहिलो प्रकार अनुसार औषधिलाई २५ देखि ३० डिग्री सेल्सियस तापक्रम सम्मको कोठामा राख्न सकिन्छ । यसमा सधारण खालका औषधिहरु पर्छन् । साधारण खालका औषधि यो तापक्रममा राख्दा गुणस्तर कायम हुन्छ जसलाई एमपिए भनिन्छ ।
अर्को प्रकारमा औषधिलाई १५ देखि २५ डिग्री सेल्सियस बीचको तापक्रममा राखिन्छ । यसमा अलि बढी संवेदनशील औषधिहरू पर्छन् ।
सबैभन्दा संवेदनशील औषधिहरुमा भ्याक्सिन र इन्सुलिनहरू पर्छन् । यीनीलाई २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रम राखेर भण्डारण गरिन्छ । यी औषधिहरू २ भन्दा कम र ८ डिग्री सेल्सियस भन्दा बढी तापक्रममा लामो समयसम्म राखेको खण्डमा काम गर्न नसक्ने बिग्रीनेअवस्थामा पुग्छन् ।
यी औषधिहरू तापक्रम नमिलाइ राखेको अवस्थामा पनि एक महिनासम्म प्रयोग गर्न सकिन्छ भन्ने गरिन्छ । यी औषधिहरू धेरै समय लाग्ने स्थानमा ढुवानी गर्नुपरेमा थर्मकोलमा आइसप्याक गरेर पठाइन्छ ।
यसरी आइसप्याक गर्दा औषधिलाई आइससँग चाही जोड्नु हुँदैन ।
आइसप्याकले अधिक्तम १२० घण्टासम्म उपयुक्त तापक्रममा राख्छ ।
यसरी तोकिएको मापदण्ड अनुसार तापक्रम नमिलेको अवस्थामा पनि संवेदनशील औषधि बाहेक साधारणतया २४ देखि ४८ घण्टा सम्म प्रयोग गर्न सकिन्छ ।
सामान्यतया औषधिलाई घाम वा बढी ओस अर्थात् चिसो भएको स्थानमा तापक्रम मिलाएर राखिन्छ ।
हामीले प्रयोग गर्ने कुनैपनि औषधिलाई भुँइमा राख्नु हुँदैन । कुनै काठ वा प्लास्टिक ओछ्याएर मात्र औषधि राख्नुपर्छ ।
(फर्मा विशेषज्ञ राजनबहादुर राउतसँग गरिएको कुराकानीमा आधारित)



