काठमाडौं- कान्तिपुर डेन्टल कलेज अन्तर्गतको कान्तिपुर डेण्टल सेन्टरको चितवन, नारायणगढ शाखाले मुख तथा दन्त शिविर सञ्चालन गरेको छ । बिहिवार गैंडाकोट नगरपालिका-११ स्थित मुकुन्दसेन अंग्रेजी माध्यमिक विद्यालयमा उक्त शिविर सञ्चालन गरिएको हो ।
शिविरमा कक्षा ५, ६, ७ मा अध्ययनरत ११९ जना परिक्षण भएको कान्तिपुर डेण्टल कलेजका कार्यकारी अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।
शिविरमा कान्तिपुर डेण्टल सेन्टर पुल्चोक नारायणगढ शाखाका दन्त चिकित्सक डा. रितु भण्डारी, डा. प्रेरणा श्रेष्ठ, डा. तेजस्विनी, डेन्टल हाईजेनिष्ट उन्नती गुरुङ, दन्त सहायक सबिता गुरुङ र संयोजक शोभा अधिकारीले प्राविधिक सहयोग गरेका थिए ।


शिविरबाट अधिकांश बालबालिकाको दाँतमा समस्य रहेको पाइएको थियो । करिब ८० जनामा दाँतको सडन ( किराले खाने समस्या) भेटिएको डा. श्रेष्ठले जानकारी दिए । यस्तै ४० जना विद्यार्थीको दाँत हल्लिएको, २० जनाको दाँतको जरा देखिनै उपचार गर्नुपर्ने दोखिएको र धेरैको दाँत सफा गर्नुपर्ने समस्या देखिएको उनले बताए । परिक्षणका क्रममा विद्यार्थीहरुलाई समस्याका बारेमा परामर्श दिएको थियो ।

डा. श्रेष्ठले शिक्षक तथा विद्यार्थीहरुलाई मुख तथा दन्त स्वस्थ्यबारे जानकारी दिन आवश्यक रहेको बताएका छन् । निजी विद्यालय र स्थानीय तहले पनि विद्यालय तहमै यसबारे सचेतमा जगाउन सके मुख तथा दाँतका बिरामी घट्ने उनको अपेक्षा छ ।








