
कैलाली : कैलालीका ५ वटा पालिकामा पाेषण कार्यक्रम लागू भएकाे छ । याक नेपालकाे सहकार्यमा पहिलाे चरणमा १० महिनाका लागि पाेषण कार्यक्रम लागू भएकाे हाे ।
आइतबार धनगढीमा एक कार्यक्रमका बीच पाेषण कार्यक्रमकाे शुभारम्भ तथा परिचयात्मक कार्यक्रम गरिएकाे छ । याक नेपालका अध्यक्ष बलबहादुर राेकायाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगराज भुषाल प्रमुख अतिथि रहेका थिए ।
केयर नेपाल, आईडी नेपालकाे साझेदारीमा सञ्चालन भइरहेकाे पाेषण कार्यक्रम कैलालीका कैलारी र जानकी गाउँपालिका, भजनी, घाेडाघाेडी र गाेदावरी नगरपालिका गरी पाँचवटा पालिकामा लागू भएकाे छ ।



