काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी छनोटका लागि २०८० भदौ २० मा थालेको प्रक्रिया रद्द गरेको छ । परिषद्ले गत भदौ २० गते विभिन्न सेवाका कर्मचारी माग गरेकोमा उक्त विज्ञापनविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा परेपछि स्थगन गरिएको थियो ।

उच्च अदालत पाटनले यसमाथि फैसलाको पूर्णपाठ २०८१ असार १३ गते प्राप्त भएको जानकारी दिदै परिषद्ले सेवा करारसम्बन्धी विज्ञापन रद्द गरेको जनाएको छ ।

गत असार २६ को कार्यकारी समितिको निर्णयानुसार उक्त स्थगित विज्ञापन रद्द गरिएको परिषद्ले जनाएको छ । परिषद्ले दरखास्त पेस गर्ने आवेदकहरूलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
Last Modified Date: २०८१ श्रावण ४, शुक्रबार







