

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।
पहिरोले २ वटा गाडी बगाउँदा यात्रुसहित २ वटा गाडी बेपत्ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो ।
पहिरोमा परेको बसमा उपचारका लागि काठमाडौं जाँदै गरेका रघुनाथपुरका सलिम मिया र उनकी पत्नी जैनब खातुन पनि परेका छन् । उनीहरु मुटुको रोगको उपचारका लागि घरबाट करिब ५ लाख नगदसमेत लिएर गएको बुझिएको छ ।
त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार उनीहरुले काठमाडौंको गंगालाल अस्पतालमा उपचारका लागि हिँडेका उनीहरुले उपचारका लागि घरबाट ४ लाख ९६ हजार रुपैयाँ र आवश्यक पर्दा सहयोगका लागि वडा कार्यालयको सिफारिस पनि बोकेको जनाइएको छ ।
साथै उक्त बसमा सखुवाप्रसौनी गाउँपालिकामा कार्यरत दुई स्वास्थ्य कर्मी पनि रहेको जनाइएको छ । गाउँपालिका अध्यक्ष यसवन्त सिंहका अनुसार उक्त बसमा दुई स्वास्थ्यकर्मी र पालिकाभित्रका ५ जना रहेको पनि जनाइएको छ ।


