काठमाडौं : चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षाको आवेदन दिएका दुई हजार विद्यार्थीको राष्ट्रिय परिचयपत्र नम्बर गलत भएको पाइएको छ । प्रमाणीकरण नगरी राष्ट्रिय परिचयपत्र नम्बर वितरण हुँदा समस्या आएको बताइएकाे छ ।

आयोगले गत २८ जेठमा आवेदन खुलाउँदै राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । तर फाराम भर्ने समय छोटो भएकाले आवेदन दिने विद्यार्थीकाे राष्ट्रिय परिचयपत्र नम्बर जथाभावी राखेको पाइएको विभागका सूचना प्रविधि निर्देशक सुवास ढकाल बताए ।

उनका अनुसार आवेदन दिएका ११ हजारमध्ये दुई हजार जनाको जथाभावी तरिकाले परिचय पत्र नम्बर राखिएको छ । अब सबैको प्रमाणीकरण गरेर सच्याउने उनले बताए ।
Last Modified Date: २०८१ असार २३, आईतवार







