काठमाडौँ : पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बुधबार एक समारोहकाबीच शुक्रा हाउसका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेशका चिफ प्रोभिन्स अफिसर दिपेन्द्र बाबु विष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्डप्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रालि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, इकोमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । ‘रिजल्ट्स ह्वेर म्याटर्स’ को मूल नाराका साथ वि.स.२०८०।०२।०३ गतेका दिन औपचारिक रुपमा काठमाडौंको पानीपोखरी स्थित शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा.लि.को स्थापना गरिएको थियो ।







