

रौतहट : रौतहटको गढीमाई नगरपालिका स्थित नेपाली सेनाद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार जना बिरामीले उपचार सेवा पाएका छन्।
नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल तथा वीरदल गण र गढीमाई नगरपालिकाको सहकार्यमा वडा १ समनपुर स्थित श्री शंकर गुदर माविको प्राङ्गणमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार एक जना बिरामीले उपचार पाएका हुन् ।
सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट वञ्चित समुदायहरूलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताएका छन् ।
नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर , चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताल लगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरेका थिए ।



