

काठमाडौं : सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा उत्कृष्ठ कार्य गर्ने ६ जना तथा संस्थालाई स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको छ । शुक्रबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कार्यक्रम गरी उनीहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुमा संस्थागततर्फ हेल्थ नेपाल प्रालिका तर्फबाट भिषा काफ्ले, व्यक्तिगत तर्फ डीबी खड्का (स्वास्थ्य खबर पत्रिका), अतुल मिश्र (बरिष्ठ पत्रकार), नेपाल टेलिभिजनमा कार्यरत नीता सापकोटा रहेका छन् ।
यस्तै डा विनोदविन्दु शर्मा सचिव सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका र सुनील शर्मा प्रमुख किटजन्य रोग नियन्त्रण प्रयोगशाला हेटौडा रहेका छन् । पुरस्कारमा जनही ५० हजार रुपैयाँ र कदर पत्र रहेको छ ।



