

काठमाडौँ : परिवार कल्याण महाशाखाले पाँच मात्राको आइपिभी खोप भायलमा बाँकी रहेको खोप प्रयोग गर्न निर्देशन दिएको छ । महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा.अभियान गौतमले ७७ वटा जिल्लाका स्वास्थ्य कार्यालय, जनस्वास्थ्य कार्यालय स्वास्थ्य सेवा कार्यालयलेमा पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् ।
सरकारले यही जेठ १३ देखि २६ गतेसम्म २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका करिब १४ लाख बालबालिकालाई लक्षित गर्दै पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियानमा खोप भायलमा पाँच मात्राभन्दा बढी भएको बाँकी रहेको खोप प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा द्विविधा भएकाले यस्तो निर्देशन दिएको डा.गौतमले जानकारी दिए ।
डा.गौतमका अनुसार अभियानमा सरकारले २.५ मिलीको आइपिभी खोप उपलब्ध गराएको छ । जुन तोकिएको उमेर समूहलाई ०.५ मिली दिनुपर्ने हुन्छ । उ



