

काठमाडौं : सरकारले निर्माणाधिन आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गर्न १५ अर्ब ४१ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै निर्माणाधिन आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब ४१ करोड बजेट विनियोजन गरेको बताएका हुन् । उनले निर्माण सम्पन्न भएका ५, १० र १५ शय्याका आधारभूत अस्पतालको विधि तय गरी सञ्चालन गरिने बताए ।



