

काठमाडौं : सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीनसय शय्याको मेडिकल कलेज आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने योजना बनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीनसय शय्या क्षमताको मेडिकल कलेज र प्राविधिक कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा ल्याइने छ,’ उनले भने ।



