

काठमाडौं : सरकारले सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार गरिएको बताएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य सेवामा नागरिकको पहुँच वुद्धी गरिएको र सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार गरिएको बताएका छन् ।



