

काठमाडौं : अगामी जेठ १ गतेदेखि काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य बिमितको १ लाख वटा कार्ड जारी हुने भएका छन् ।
स्वास्थ्य बिमा गराएका काठमाडौँ महानगरभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुने महानगरले जनाएको छ। जसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट छन् ।
कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुने महानगरले जनाएको छ । बिमा गराउने कार्य नियमित चल्ने र कार्ड हरेक ३ महिनामा जारी हुने महानगरले बताएको छ ।


