

काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा मुगु जिल्ला अस्पतालको सहआयोजनामा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा २१ सय २२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये ८९ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण र १८२ जनाको भिडियो एक्सरे गरिएको थियो । ८२ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो । ७५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए ।


